एनपीएललाइ आईसीसीको औपलाचारिक अन्तर्राष्ट्रिय मान्यता

0 Shares

काठमाडौं, असोज ३१ । नेपाल प्रिमियर लिग (एनपीएल) ले  अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट औपचारिक मान्यता प्राप्त गरेको छ। नेपाल क्रिकेट संघ (क्यान) ले प्रेस विज्ञप्ति जारी गर्दै एनपीएललाइ आईसीसीले औपचारिक मान्यता प्रदान गरेको जानकारी दिएको हो।

क्यानका अनुसार सन् २०२६ अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म आयोजना हुने एनपीए  आईसीसीबाट मान्यता प्राप्त भएको छ। यससँगै नेपाली क्रिकेटको प्रमुख फ्रेन्चाइज प्रतियोगितालाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने प्रयासले थप महत्त्व पाएको छ।

आईसीसीबाट प्राप्त मान्यताले नेपाली क्रिकेटको विकास र विस्तारसँगै घरेलु प्रतियोगिताको अन्तर्राष्ट्रिय पहिचान मजबुत बनाउन सहयोग पुग्ने क्यानको विश्वास छ। यसले एनपीएललाई अन्तर्राष्ट्रिय क्रिकेटको परिवेशमा थप स्थापित गर्न र नेपाली क्रिकेटको व्यावसायिक विकासलाई अघि बढाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

क्यानले एनपीएललाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न सहयोग र समर्थन गरेको भन्दै आईसीसीप्रति धन्यवाद तथा आभार व्यक्त गरेको छ। नेपाली क्रिकेटको विकासका लागि आगामी दिनमा पनि आईसीसीको निरन्तर सहयोग, समर्थन र सहकार्य रहने विश्वास क्यानले व्यक्त गरेको छ।

क्यानका सचिव पारस खड्काद्वारा हस्ताक्षरित विज्ञप्तिमा एनपीएललाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त हुनु नेपाली क्रिकेटको विकास, विस्तार र पहिचानका लागि महत्त्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गरिएको छ।

एनपीएलको दोस्रो संस्करण अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म सञ्चालन हुनेछ।

सम्बन्धित समाचार

सबै