नारायणगढ–मुग्लिन सडकमा ट्रक दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते

0 Shares

मंसिर ९ । नारायणगढ–मुग्लिन सडकखण्डको नौकिलोमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।

नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३ ००१ ख ३४९० नम्बरको ट्रक आइतबार बेलुका पौने ७ बजेतिर इच्छाकामना गाउँपालिका-६ नौकिलोमा सडक किनारमा पल्टिएको हो । चामल बोकेको ट्रक पल्टिँदा च्यापिएर दुई जनाको मृत्यु भएको र तीन जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

मृत्यु हुनेको सनाखत भइसकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

सबै