0
Shares
काठमाडौं, २८ भदौ । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँ र चाँदीको मूल्य ६० रुपैयाँले वृद्धि भएको हो।
महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँ निर्धारण गरेको छ। अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला ३ लाख १ हजार रुपैयाँ रहेको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि बढेर प्रतितोला ४ हजार ६६० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतारचढाव तथा विनिमय दरको प्रभावका कारण नेपाली बजारमा पनि सुनचाँदीको मूल्य दैनिक रूपमा परिवर्तन हुने गरेको महासंघले जनाएको छ।