पुर्व राष्ट्रपतिबाट नै देशमा निराशा फैलाउने काम

0 Shares
–प्रकाश राेकाया  
           हिजो एक कार्यक्रममा पुर्व राष्ट्रपति रामवरण यादव (चिकित्सक) ले देशमा निराशा फैलाउने काम भएको र देश कहाँ गएको छ भन्ने आसयको अभिव्यक्ति दिएछन ।
उनको बुझाई, देखाई र भोगाईमा मैले धेरै टिप्पणी गरिन । किनभने उनी राष्ट्रको पिता र सम्मानित पदमा विराजमान भइसकेका व्यक्ति हुन ।‌ अहिले पनि जनतालाई ऋण बोकाएर उनले सेवा सुविधा उपभोग गरिरहेका छन ।‌ त्यो व्यक्तिले सत्य बोल्नु पर्छ भन्ने आसय मात्रै हो मेरो ।
के उनले भने जस्तै देश देश जस्तो छ त? के उनले भने जस्तै परिवार र समाज समाज जस्तो छ त ? के देशमा निराशा छैन त ?
छैन भने किन हरेक व्यक्ति, परिवार, समाज र सिङ्गो देश नै कुनै न कुनै प्रकारले असन्तुष्ट बन्दै आन्दोलित बनिरहेको छ ? काठमाडौंमा विगत केही वर्षयता मिटरव्याज, लघुवित्त र सहकारी पीडित सडक संघर्षमा रहेकै अवस्थामा शिक्षकहरु एक महिनायता जीवनमरणको लडाई लडिरहेकाे कि उहाँले देख्नु भएको छैन । यसैमा चिकित्सहरु थपिएको र कर्मचारी पनि सडकमा आउने तयारीमा रहेको कुरा पक्कै थाहा होला ।‌ अन्तरास्ट्रिय बिमानस्थलको कहालिलाग्दो अवस्थाले त देश सकिएको र छैन भन्ने के निष्कर्ष निक्लदैन र ?
निश्चय पनि देशमा आशा जगाउनु पर्छ, भरोशा दिलाउनु पर्छ, विश्वासको वातावरण निर्माण गर्नु पर्छ । त्यसको लागि हरेक व्यक्ति परिवार र समाजसँग जवाफदेही बन्दै हरेक नागरिक देशप्रति जिम्मेदार र कर्तव्यनिष्ठ बन्नै पर्दछ ।‌
त्यहि नभएकोले आज नागरिकस्तरबाट शासकहरुमाथि औला उठाउने काम बारम्बार हुदै आएको हो ।‌ तिमी शासक होइन‌ देश र जनताको सेवक बन भनेर लोकतन्त्रको भरपुर उपयोग गर्ने काम‌ भइरहेको हो ।
विडम्बना ! यहाँ विदेशीको योजनामा मुलुकलाई थप बर्बाद बनाउने काम मात्रै हुँदै आएको छ । बरु यी बिषयलाई गम्भीरतापूर्वक लिने कि पुर्व राष्ट्रपति महोदय !!

सम्बन्धित समाचार

सबै