टुँडिखेलमा नाराबाजी गर्ने प्रहरी नियन्त्रणमा

0 Shares

भदाै, १२ ।  प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सहभागी कार्यक्रममा नाराबाजी गरेको आरोपमा थप एक जना समातिएका छन् ।  कार्यक्रम बिथोलेको आरोपमा प्रहरीले आज दीपकसिंह ठगुन्नालाई पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेशमा मनाइने गौरा पर्वको अवसरमा अस्ति राजधानीको टुँडिखेलमा आयोजित कार्यक्रममा सहभागी युवाहरुले प्रधानमन्त्री र सभापतिविरुद्ध चर्को नाराबाजी गरेका थिए ।

उनीहरुले कार्यक्रम बिथोलेको आरोपमा जिल्ला प्रहरी परिसर, काठमाडौंले हिजो दुई जनालाई नियन्त्रणमा लिएको थियो । आज थप एक जनालाई पक्राउ गरिएको परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले बताए ।

उनीहरुमाथि सार्वजनिक शान्तिविरुद्धको कसूरमा अनुसन्धान भइरहेको जनाइएको छ । ‘हालसम्म तीन जना पक्राउ परेका छन् । उनीहरुविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसूरमा अनुसन्धान भइरहेको छ’,उनले भने । –जनअास्थावाट

सम्बन्धित समाचार

सबै