पोखरामा स्कुल बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु, १९ जना घाइते

0 Shares

पोखरा, असोज २३ गते । कास्कीको पोखरा महानगरपालिका–२८ माइलथानबाट कालिकातर्फ विद्यार्थी लिएर आउँदै गरेको स्कुल बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चार जना विद्यार्थी र एक जना सर्वसाधारण रहेको प्रहरीले जनाएको छ।

कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवीन कार्कीका अनुसार दुर्घटनामा १९ जना घाइते भएका छन्। घाइतेमध्ये पाँच जनाको मृत्यु भएको उनले जानकारी दिए।

विद्यार्थी बोकेको बस सडकबाट करिब २०० मिटर तल खसेको थियो। मृत्यु भएका चार जना विद्यार्थी कक्षा ९ र १० मा अध्ययनरत रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइएको छ। घटनाबारे थप विवरण संकलन गर्न प्रहरी टोली अस्पताल पुगेको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारण र मृतक तथा घाइतेहरूको विस्तृत विवरण आउन बाँकी छ।

सम्बन्धित समाचार

सबै