गगने खोलामा पहिरो, कर्णाली राजमार्ग अवरुद्ध

0 Shares

 सुर्खेत २० भदौ । कालिकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगने खोलामा लेदोसहितको पहिरो खस्दा कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार शनिबार साँझ करिब ६ः२० बजे सडक माथिबाट लेदोसहितको पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो।

पहिरो खसेपछि उक्त सडकखण्डमा सवारीसाधनको आवतजावत पूर्ण रूपमा रोकिएको प्रहरीले जनाएको छ। पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको भए पनि वर्षा भइरहेकाले थप पहिरोको जोखिम रहेको बताइएको छ।

कर्णाली राजमार्ग तथा कर्णाली करिडोरका विभिन्न स्थानमा पहिरोको जोखिम उच्च रहेकाले प्रहरीले यात्रु तथा सवारी चालकलाई सावधानी अपनाएर मात्र यात्रा गर्न आग्रह गरेको छ।

वर्षाका बेला सडक माथिबाट पहिरो, ढुंगा तथा लेदो खस्ने सम्भावना रहेकाले जोखिमयुक्त क्षेत्रमा विशेष सतर्कता अपनाउन र सडकको अवस्था बुझेर मात्र यात्रा सुरु गर्न जिल्ला प्रहरी कार्यालय कालिकोटले अनुरोध गरेको छ।

सम्बन्धित समाचार

सबै