मेडिकल व्यावसायी दुर्गा प्रसाईं वीरगञ्जबाट पक्राउ

0 Shares
काठमाडौं, जेठ ४ गते । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल का संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन् ।

प्रहरी स्रोतका अनुसार प्रसाईंलाई वीरगञ्जस्थित दियालो होटलबाट सोमबार पक्राउ गरिएको हो । पक्राउको कारणबारे भने औपचारिक जानकारी सार्वजनिक गरिएको छैन । प्रहरी स्रोतले “माथिको आदेश” अनुसार उनलाई नियन्त्रणमा लिइएको जनाएको छ ।

प्रसाईं सोमबार सिमरा विमानस्थल हुँदै वीरगञ्ज पुगेका थिए । मंगलबार वीरगञ्जमा आयोजना हुने कार्यक्रमलाई सम्बोधन गर्न उनी त्यहाँ पुगेका जनाइएको छ ।

वीरगञ्ज पुग्ने क्रममा सिमरा विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रसाईंले वर्तमान सरकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी का सांसदहरूमाथि आलोचनात्मक टिप्पणी गरेका थिए ।

प्रहरीले घटनाबारे थप विवरण सार्वजनिक गरिनसकेको जनाएको छ ।

सम्बन्धित समाचार

सबै