निजामती अस्पतालमा शुक्रबारदेखि भर्ना बिरामीलाई निःशुल्क खाना

0 Shares

काठमाडौं बैशाख ३१ गते । निजामती अस्पताल ले शुक्रबारदेखि अन्तरङ्ग विभागमा भर्ना हुने बिरामीलाई निःशुल्क खाना वितरण गर्ने भएको छ। अस्पताल प्रशासनले बिहीबार सूचना जारी गर्दै भर्ना भएका बिरामीलाई लक्षित गरी निःशुल्क भोजन सेवा सुरु गर्न लागिएको जनाएको हो।

अस्पतालका अनुसार उपचारका क्रममा भर्ना भएका बिरामीलाई पोषणयुक्त तथा नियमित भोजन उपलब्ध गराइनेछ। बिरामी र उनका परिवारलाई उपचार अवधिमा थप आर्थिक भार कम गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको अस्पतालले जनाएको छ।

सरकारी अस्पतालहरूमा सेवा विस्तार र बिरामीमैत्री कार्यक्रमलाई प्राथमिकता दिने क्रममा निजामती अस्पतालले यो योजना सुरु गरेको हो। अस्पताल प्रशासनले सेवा प्रभावकारी बनाउन आवश्यक तयारी पूरा गरिएको जानकारी दिएको छ।

यसअघि वीर अस्पताल ले पनि भर्ना भएका बिरामीलाई निःशुल्क खाना वितरण गर्दै आएको छ। सरकारी अस्पतालहरूमा यस्ता सेवाले आर्थिक रूपमा कमजोर बिरामीलाई राहत पुग्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

सबै