काठमाडौं, वैशाख । सल्यानको बनगाड कुपिण्डे नगरपालिकास्थित पुथालामा जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। घाइतेमध्ये ३० वर्षीय मनबहादुर थापाको उपचारका क्रममा मेहेलकुनामा मृत्यु भएपछि मृतक संख्या ४ पुगेको हो।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार मृत्यु हुने सबै बनगाड कुपिण्डे नगरपालिका–८ का स्थानीय हुन्।
मृतकहरू:
- टोपबहादुर थापा (५०)
- ठगे घर्ती (५०)
- कर्णबहादुर पुन (२९)
- मनबहादुर थापा (३०)
शनिबार साँझ कालीमाटीको लक्ष्मीपुरतर्फ जन्ती बोकेर जाँदै गरेको लु.प्र.०१००१ ज ०२७१ नम्बरको जिप दुर्घटनामा परेको थियो। जिपमा १८ जना सवार थिए।
घाइतेहरू:
- अम्मरसिंह कँवर (६४) – गम्भीर
- डम्मर घर्ती (२७) – गम्भीर
- जनक थापा (३०) – गम्भीर
- भुपेन्द्र कँवर (४९) – गम्भीर
- भुलबहादुर थापा (३०) – गम्भीर
- जुगसिंह पुन (५६) – गम्भीर
- अम्मर पुन (३८) – मध्यम
- नरसिङ थापा (२८) – मध्यम
- प्रेमबहादुर घर्ती (२५) – मध्यम
- नरबहादुर थापा (२५) – मध्यम
- कर्णबहादुर थापा (३८) – मध्यम
- लालबहादुर घर्ती (४५) – मध्यम
- तिलक थापा (१५) – मध्यम
- चालक कुलबहादुर राना (३८) – गम्भीर
घाइतेहरूलाई उद्धार गरी सुर्खेतस्थित मेहेलकुना अस्पतालमा प्रारम्भिक उपचारपछि विभिन्न अस्पतालमा रिफर गरिएको छ। केही घाइतेको नर्सिङ होम र न्युरो अस्पतालमा उपचार भइरहेको छ भने अन्यलाई थप उपचारका लागि बाँके पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।