जन्मदिन मनाउन निस्केकी किशोरी मृत फेला

0 Shares

तुलसीपुर, चैत १६ गते । दाङ को बबई गाउँपालिका–३ स्थित जंगल क्षेत्रमा एक किशोरी मृत अवस्थामा फेला परेपछि स्थानीयस्तरमा त्रास र चासो दुवै बढेको छ।

बबई गाउँपालिका–३ सल्लीकोट निवासी १४ वर्षीया अनु खत्री १२ चैतमा साथीको जन्मदिन मनाउन घरबाट निस्केकी थिइन्। त्यसयता सम्पर्कविहीन रहेकी उनी सोमबार बिहान सोही वडास्थित भ्यूटावर नजिकको जंगलमा मृत अवस्थामा भेटिएकी हुन्।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक बाबुराम बस्नेत का अनुसार बिहान करिब १० बजेतिर प्रहरी टोलीले किशोरीको शव फेला पारेको हो। घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रहरीले शवलाई पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाएको जनाएको छ। प्रारम्भिक अनुसन्धान भइरहेको र पोष्टमार्टम रिपोर्टपछि घटनाको वास्तविक कारण खुल्ने प्रहरीले बताएको छ।

सम्बन्धित समाचार

सबै