0
Shares
मुस्ताङ, फागुन २८ गते । मुस्ताङको थासाङ गाउँपालिका–२, छाक्ताङ चरन क्षेत्रमा चर्दै आएका याक र नाकलाई अत्यधिक चिसो मौसमबाट जोगाउन बेंसीमा झारिएको थियो। फागुन महिनासँगै ती याक र नाक उच्च लेकमा रहेको बुकीमा सार्न थालिएको छ।

जिल्लाको लो–घेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका २३ वटा गोठमा २ हजार ४५० याक र नाक रहेका छन् भने थासाङ, घरपझोङ र वारागुङ मुक्तिक्षेत्रका ३९ गोठमा २ हजार ६५० याक र नाक पाइएको कृषि तथा भेटरिनरी अस्पताल एवं पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जानकारी दिएको छ।
यो पहलले याक र नाकको स्वास्थ्य र उत्पादन क्षमता कायम राख्दै जिल्लामा पशुपालन व्यवस्थापनमा सहयोग पुर्याउने विश्वास व्यक्त गरिएको छ।