प्रतिनिधिसभा निर्वाचनमा करिब ६० प्रतिशत मत खस्यो : निर्वाचन आयोग

0 Shares

काठमाडौं, फागुन २१ गते।  प्रतिनिधिसभा सदस्यका लागि बिहीबार सम्पन्न भएको निर्वाचनमा देशभर करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ।

निर्वाचन आयोगले मतदान सम्पन्न भएपछि बिहीबार साँझ आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ले देशभर करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको जानकारी दिनुभयो।

उहाँका अनुसार मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ भने मतदाताले उत्साहजनक सहभागिता जनाएका छन्। आयोगले हाल देशभरबाट प्राप्त विवरणका आधारमा प्रारम्भिक अनुमान सार्वजनिक गरेको र विस्तृत तथ्याङ्क सङ्कलनको काम जारी रहेको जनाएको छ।

सम्बन्धित समाचार

सबै