निर्वाचन प्रहरीमा बाउ–छोरा र आमा–छोरी

0 Shares

काठमाण्डाैं  ९ फागुन ।  अछाम र बझाङ जिल्लामा निर्वाचन  प्रहरीमा एउटै परिवारका दुई पुस्ता एकैपटक खटिएको दृश्यले देशभर चर्चा पाएको छ। अछामको मङ्गलसेन नगरपालिका  ५ का तेजे नगर्ची र उनका छोरा अजय नगर्ची तथा बझाङको खप्तड छान्ना गाउँपालिका  ५ की कल्पनादेवी कार्की र उनकी छोरी पवित्राकुमारी कार्की निर्वाचन प्रहरीमा सँगै खटिएका हुन्।

 तेजे नगर्चीले  अनुभव सुनाउँदै भने, “लोकतन्त्र बलियो बनाउने काममा सहभागी हुन पाउनु गर्वको कुरा हो।यसपटक छोरासँगै खटिन पाउँदा जिम्मेवारी अझै बढेको महसुस भयो।”

उनका छोरा अजय नगर्चीका लागि यो पहिलोपटक यति ठूलो जिम्मेवारी बोकेको निर्वाचन ड्युटी थियो। “बुवासँगै फिल्डमा हुँदा काम सिक्ने मौका पाइन्छ । मतदातासँग व्यवहार गर्दा धैर्य र संयमता कति आवश्यक हुन्छ भन्ने बुझ्रने माैका पाइन्छ,” अजयले  सुनाए।

यता बझाङतर्फ कल्पनादेवी कार्की  उनकी छोरी पवित्राकुमारी कार्कीले आमाबाटै प्रेरणा लिएर सेवामा होमिएको बताइन्। “आमाले सधैं समुदायका काममा अग्रसर हुन सिकाउनुभयो।  उहाँसँगै निर्वाचन प्रहरी हुन पाउँदा गर्व लाग्यो,” पवित्राकुमारीले भनिन्।

 यस्तो उदाहरणले युवालाई सार्वजनिक सेवाप्रति आकर्षित गर्ने विश्वास व्यक्त गरिएको छ। लोकतान्त्रिक प्रक्रियामा परिवारै सहभागी भएर योगदान दिनु नागरिक कर्तव्यको सशक्त सन्देश भएको जानकारहरूको भनाइ छ।

सम्बन्धित समाचार

सबै