प्रतिनिधिसभा निर्वाचनका लागि ८० दल दर्ता

0 Shares

काठमाडौँ, मङ्सिर ९ गते । फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ८० दल दर्ता भएका छन् ।

आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार मङ्गलबारसम्म ८० वटा राजनीतिक दलले दल दर्ताको निवेदन पेस गरेका छन् । आयोगमा सोमबारसम्म ६४ वटा राजनीतिक दल दर्ता भएका थिए ।

प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि मङ्सिर १ देखि १० गतेसम्म समय तोकेको छ ।

उहाँका अनुसार मङ्सिर १ गते १२ वटा, २ गते पाँच, ३ गते आठ, ४ गते आठ, ५ गते सात, ७ गते १६, ८ गते आठ र ९ गते १६ वटा राजनीतिक दल दर्ता भएका छन् ।

सम्बन्धित समाचार

सबै