बाढी–पहिरोले क्षतिग्रस्त बिपी राजमार्ग पुनर्निर्माणमा जापानको २ अर्ब ३० करोड सहयोग

0 Shares

काठमाडौँ  कार्तिक १३ गते । बाढी र पहिरोका कारण क्षतिग्रस्त बिपी राजमार्गको पुनर्निर्माणमा जापान सरकारले सहयोग गर्ने भएको छ । यस सम्बन्धमा बिहीबार अर्थ मन्त्रालयमा नेपाल र जापान सरकारबीच समझदारी–पत्रमा हस्ताक्षर भएको हो ।

अर्थमन्त्री रामेश्वर खनाल र गृहमन्त्री ओमप्रकाश अर्यालको उपस्थितिमा आयोजित कार्यक्रममा जापानका तर्फबाट नेपालस्थित जापानी राजदूत तथा नेपालका तर्फबाट अर्थ मन्त्रालयका अधिकारीबीच अनुदान सम्झौतामा हस्ताक्षर गरिएको हो ।

सम्झौताअनुसार जापान सरकारले बिपी राजमार्ग पुनर्निर्माणका लागि करिब २ अर्ब ३० करोड रुपैयाँ बराबरको अनुदान उपलब्ध गराउनेछ । उक्त रकमबाट बाढी र पहिरोले क्षति पु¥याएका सडकका विभिन्न खण्डहरू मर्मत तथा पुनःनिर्माण गरिनेछ ।

अर्थ मन्त्रालयका अनुसार पुनर्निर्माण कार्य जापान सरकारकै प्राविधिक सहयोगमा सम्पन्न हुनेछ । बिपी राजमार्ग जापानकै अनुदान सहयोगमा बनेको सडक हो, जसले तराई र काठमाडौँलाई जोड्ने प्रमुख वैकल्पिक मार्गको रुपमा महत्वपूर्ण भूमिका खेलेको छ ।

गत वर्षको बाढी र पहिरोका कारण राजमार्गका थुप्रै भागमा सडक कटान, पर्खाल भत्किने, पुल–पुलेसा क्षति हुनेजस्ता समस्या उत्पन्न भएका थिए । यसले यातायातमा अवरोध र स्थानीय बासिन्दाको जनजीवनमा समेत असर पारेको थियो ।

अब जापानको सहयोगमा राजमार्गको मर्मत तथा पुनर्निर्माण भएपछि यो मार्ग पुनः सञ्चालनमा आउने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचार

सबै