सरकारले बैधता गुमाएकाे भन्दै रास्वपाले माग्यो ‘अर्ली इलेक्सन’

0 Shares

भदाै २३ गते , राष्ट्रिय स्वतन्त्र पार्टीले वर्तमान सरकारले वैधता गुमाएको निष्कर्ष निकाल्दै ताजा जनादेश (अर्लि इलेक्सन)को माग गरेको छ। प्रधानमन्त्रीको तत्काल राजीनामा माग्दै रास्वपाले अर्लि इलेक्सनको माग गरेको हो।

‘नेपाली कांग्रेस र नेकपा एमालेको वर्चस्व रहेको वर्तमान संघीय संसदले कुनै पनि राष्ट्रिय मुद्दाको हल निकाल्न असमर्थ भई वैधता गुमाएको निष्कर्षमा पुग्दै ताजा जनादेश (अर्लि इलेक्सन)को माग गर्दछौँ,’ रास्वपाले भनेको छ।

देशमा व्याप्त भ्रष्टाचार, कानुनी शासनको अवहेलना, क्रुर राजनीतिक अभ्यास र अभिव्यक्ति स्वतन्त्रता खोसिएको विरुद्धमा भएको प्रदर्शनमा बर्बर दमन गरेको भन्दै रास्वपाले घटनाको निन्दा गरेको छ।

आफ्नै सन्तानको रगतमा लत्पतिएर कुशासन लम्ब्याउने कुचेष्टा नगर्न चेतावनी दिँदै रास्वपाले गृहमन्त्रीसहित सबै दोषीमाथि कारबाहीको माग गरेको छ। ‘घटनाको निश्पक्ष छानविन गर्न उच्चस्तरीय न्यायिक छानविन आयोग गठन गरी गृहमन्त्रीलगायत सबै दोषीमाथि कडा कारबाही गर्न माग गर्दछौँ,’ विज्ञप्तीमा भनिएको छ।

मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै रास्वपाले सबै घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्न माग गरेको छ।

सम्बन्धित समाचार

सबै