रुकुमपश्चिमबाट आएको बस तनहुँमा दुर्घटना

0 Shares

६ जेठ, तनहुँ । रुकुमपश्चिमबाट आएको बस तनहुँको डुम्रेमा दुर्घटना हुँदा सात जना यात्रु घाइते भएका छन् ।  प्रदेश १-०१-००१ ख ४१५२ नम्बरको बस आज बिहानविपरीत दिशामा रहेको टिपरसँग ठोक्किएको थियो । सो टिपर मुग्लिन-पोखरा सडकखण्ड विस्तार आयोजनाको हो ।  जिल्ला प्रहरी कार्यालय तनहुँले बन्दीपुर नगरपालिका १ डुम्रे नजिक बस र टिपर ठोक्किएको पुष्टि गर्दै दुर्घटनाको विस्तृत विवरण केहीबेरमा सार्वजनिक गर्ने जनाएको छ ।

प्रहरीका अनुसार घाइतेहरुलाई नजिकको अस्पताल लगिएको छ । घाइतेमध्ये एकजनाको खुट्टा भाँचिएको छ ।

 

सम्बन्धित समाचार

सबै