राउटे मुखिया शाहीकाे निधन

0 Shares

काठमाण्डाैं बैशाख १६ गते । अत्यधिक म’दिरा सेवनका कारण रास्काेटी  राउटे समुदायका मुखिया सूर्य नारायण शाहीको ४९ वर्षको उमेरमा निधन भएको छ ।एक दशक अघिसम्म एकजना मुखियाले पश्चिम नेपालका जङ्गलमा वर्षौँदेखि फिरन्ते जीवन बिताइरहेका राउटे समुदायको नेतृत्व गरेका थिए।एक मात्र मुखिया हुने परम्परा तोड्दै राउटे समुदायले विसं २०६९ सालमा भने तीनजना मुखिया बनायो। त्यसैले अहिले राउटे समुदायमा रास्कोटी, कल्याल र सोवंशी थरका अलगअलग मुखिया छन्।  सूर्यनारायण शाहीले रास्कोटी, वीरबहादुर शाहीले कल्याल र दिलबहादुर शाहीले सोमवंशी थरका मानिसलाई नेतृत्व गरिरहेका छन्। तर अपसाेच सूर्यनारायण शाहीकाे  अत्याधिक मदीरा सेवनले उनकाे ज्यानै गएकाे खवर प्राप्त भएकाे छ ।  राउटे समुदायमा मानबहादुर शाहीले झन्डै ६ दशकसम्म मुखिया भएर काम गरेका थिए ।त्यसपछि उनले आफ्ना ज्वाइँ महिनबहादुर शाहीलाई मुखिया पद हस्तान्तरण गरे। महिनबहादुरले पनि दुई दशक जति मुखिया राउटे समुदायको नेतृत्व गरे। चिप्लेर खुट्टा र ढाँडमा समस्या भएपछि हिँडडुल गर्न नसक्ने भन्दै महिनबहादुरले विसं २०६५ सालतिर मुखियाको जिम्मेवारी सूर्यनारायण शाहीलाई दिन खोजेका थिए। तर त्यतिबेला अरूले मानेन्।

राउटे समुदायको उत्थानमा लामो समय काम गरेका भक्तबहादुर शाहीका अनुसार विसं २०६९ सालतिर दैलेखको कुशापानीबाट तीनै थरका राउटे आआफ्नै थरका मुखिया बनाएका थिए। राउटे युवा लोकेन्द्रबहादुर शाही एकजना मुखियाले मात्रै राम्रोसँग जनता हेर्न नसक्ने भएकोले तीन–तीनजना मुखिया बनाएको बताए।

उनले भने, “जनतालाई सजिलो होला भनेर तीनजना मुखिया बनाएको हो। मुखिया तीनजना भए पनि कुरा भने एउटै हुन्छ।” बीस–बाइस वर्षसम्म मुखिया चलाएका महिनबहादुर शाही पनि जनतालाई सजिलो होस् भनेर तीनजना मुखिया बनाइएको बताउँछन्। उनी भन्छन्, “उमेर पनि ढल्दै गयो, चिप्लेर घुँडा र ढाँडमा समस्या आएपछि हिँडडुल गर्न पनि नसक्ने भएँ। त्यसैले मुखियाको जिम्मेवारी अरूलाई हस्तान्तरण गरेँ।”

तर उनी तीनैजना मुखियाले जनताले सोच जस्तो राम्रो काम भने (समयमै भत्ता ल्याउन पहल नगरेको र टाढाटाढा पनि नगएको) गर्न नसकेको गुनासो गर्छन्। राउटे समुदायका लागि महत्त्वपूर्ण निर्णयहरू भने मुखियाले गर्ने र मुखियाहरूले गरेको निर्णय सबैले अनिवार्य रूपमा मान्ने गर्छन्। नयाँ ठाउँमा बस्ती सार्दा र ठूला चाडपर्व मनाउँदा तीनैजना मुखियाले सामूहिक रूपमा निर्णय लिन्छन्।

सरकारी वा गैरसरकारी निकायमा मान्छेसँग पनि उनीहरूले सामूहिक रूपमै भेटेर आफ्ना कुरा राख्छन्। खानेपानी र वनजङ्गलको सुविधा भएको तथा सबै घर अट्न सक्ने ठाउँ बस्ती सार्छन्।

सहयोगका नाममा राउटेबीच विभाजन

राउटे समुदायको उत्थानमा लामो समय काम गरेका दैलेखका पत्रकार भक्तबहादुर शाही भने सरकार तथा गैरसरकारी सहयोगका नाममा राउटेबीच विभाजन ल्याइएको दाबी गर्छन्। उनी भन्छन्, “एनजीओ/आईएनजीओले अलि टाठाबाठालाई साथमा लिएर काम गर्दा राउटेहरूमा तँभन्दा म ठूलो भन्ने भावना पैदा भयो अनि एकले अर्कालाई नटेर्ने भए। मुखिया पनि आफ्नै थरका बनाए।”

राउटे समुदायमा कल्याल जातिको बहुल छ। रास्कोटी, सोवंशी र कल्यालबीच एकअर्कासँग विवाह हुन्छ। कल्यालको सङ्ख्या धेरै हुँदा भएकाले उमेर पुगेका युवायुवतीको विवाह हुन अलि मुस्किल पर्ने गरेको देखिन्छ।  तर सोवंशी र रास्कोटीका छोराछोरीको भने उमेर नपुग्दै पनि विवाह हुने गरेको देखिन्छ। अहिले दैलेखको चुप्रानजिकै बस्दै आएका राउटे समुदायको जनसङ्ख्या १४२ जना रहेको छ।

सम्बन्धित समाचार

सबै