0
Shares
१२, असाेज । अविरल वर्षाका कारण देशभर २२ ठाउँका सड्क अवरुद्ध भएको छ । पहिरोका कारण पृथ्वी राजमार्ग, मध्यम पहाडी लोकमार्थ, वीपी राजमार्ग र सिद्धार्थ राजगमार्गका विभिन्न खण्ड पूर्ण रूपमा अवरुद्ध भएको नेपाल प्रहरीका सह प्रवक्ता (एसएसपी) विश्व अधिकारीले रातोपाटीलाई बताए । काठमाडौँ उपत्यका जोड्ने सिस्नेरी, लेले र बल्खु–फर्पिङ सड्क खण्ड अवरुद्ध भएको छ । कोशी प्रदेश स्थित राँके–भेडेटार, मध्य पहाडी लोकमार्ग र दिक्तेल–गाईघाट सडक अवरुद्ध छ ।