0
Shares
भदौ १० गते । सुर्खेतबाट नारायाणघाटतर्फ जाँदै गरेको बस कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. १ बनकसबासामा दुर्घटना भएको छ भने २६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलिका अनुसार सुर्खेतबाट नारायाणघाटतर्फ जाँदै गरेको लु १ ख १५९८ नम्बरको बस बनकसबासामा दुर्घटना भएको बताउनुभयो ।
बसमा सवार २६ जना घाइते भएको उहाँको भनाइ छ । घाइतेको चन्द्रौटास्थित विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक वलिको भनाइ छ । दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।