कर्णाली राजमार्गमा फोर्स गाडी कर्णाली नदीमा खस्यो, उद्धार कार्य जारी

0 Shares

दैलेख, असार १८। दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित कर्णाली राजमार्गअन्तर्गत साङ्गेतरा क्षेत्रमा आज बिहान करिब ११:३० बजे सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी दुर्घटनामा परेर करिब ४०० मिटर तल कर्णाली नदीमा खसेको छ।
घटनाको जानकारी टेलिफोनमार्फत प्राप्त हुनासाथ प्रहरी चौकी पाल्तडाबाट प्रहरी निरीक्षकको कमाण्डमा उद्धार सामग्रीसहित प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। हालसम्म नाम, थर र वतन नखुलेका एक जना पुरुषलाई नदीबाट उद्धार गरी सडकतर्फ ल्याउने कार्य भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनास्थलमा उद्धार सामग्रीसहित ३५ जना प्रहरी परिचालन गरिएको छ। उक्त स्थान प्रहरी चौकी पाल्तडाबाट करिब ३ किलोमिटर उत्तर तथा जिल्ला प्रहरी कार्यालय दैलेखबाट करिब ५० किलोमिटर पश्चिमतर्फ पर्दछ।
दुर्घटनामा परेका अन्य यात्रु तथा क्षतिको विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

सम्बन्धित समाचार

सबै