रवि लामिछाने विरुद्धको मुद्दा फिर्ता निर्णयविरुद्ध रिट, पूर्ण इजलासमा सुनुवाइ हुने

0 Shares

काठमाडौं, चैत १५ गते।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्धको सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने निर्णयविरुद्ध दायर रिट निवेदनमा सर्वोच्च अदालतले पूर्ण इजलासमा सुनुवाइ गर्ने भएको छ।

न्यायाधीशद्वय विनोद शर्माअब्दुल अजिज मुसलमान को संयुक्त इजलासले उक्त मुद्दालाई पूर्ण इजलासमा पठाउने आदेश दिएको अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिनुभयो। यसअघि मङ्गलबारदेखि सुरु भएको सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो।

यसअघि न्यायाधीशद्वय सारङ्गा सुवेदीसुनिलकुमार पोखरेल को इजलासले चैत ५ गते महान्यायाधिवक्ताको संशोधित निर्णय अदालतमा पेश गर्न आदेश दिएको थियो।

त्यस्तै, सपना प्रधान मल्लश्रीकान्त पौडेल को संयुक्त इजलासले चैत १ गते उक्त रिट निवेदनलाई नियमित सुनुवाइमा लैजान आदेश दिएको थियो।

महान्यायाधिवक्ता सविता भण्डारी बराल ले अघिल्लो सरकारको पालामा लगाइएका सम्पत्ति शुद्धीकरण तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा फिर्ता लिने निर्णय गर्नुभएको थियो।

उक्त निर्णयविरुद्ध युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मी ले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका हुन्।

अब पूर्ण इजलासमा हुने सुनुवाइले यस प्रकरणमा कानुनी दिशानिर्देश तय गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

सबै