प्रधानमन्त्री कार्कीले भनिन्– तोकिएकै मितिमा एकै चरणमा निर्वाचन हुन्छ

0 Shares

काठमाडौँ, माघ २२ गते । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै मितिमा प्रतिनिधिसभा निर्वाचन हुनेमा ढुक्क हुन सबैलाई आग्रह गर्नुभएको छ।

बिहीवार जनक शिक्षा सामग्री केन्द्रको प्रेसमा भइरहेको मतपत्र छपाइको अनुगमनपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री कार्कीले निर्वाचन एकै चरणमा हुने स्पष्ट पार्नुभयो। उहाँले दुई चरणमा निर्वाचन हुने हल्लामा विश्वास नगर्न आग्रह गर्नुभयो।

प्रधानमन्त्री कार्कीले निर्वाचनको समयमा देशभरको मौसम पनि अनुकूल रहने विश्वास व्यक्त गर्दै सबै मतदाताले निर्वाध रूपमा मतदान गर्न पाउने बताउनुभयो।

निर्वाचन सम्पन्न भएपछि निर्वाचित प्रतिनिधिसभालाई सरकारको जिम्मेवारी हस्तान्तरण गरी वर्तमान सरकार घर फर्किने उहाँको भनाइ छ।

‘ढुक्क र निश्चिन्त हुनुस्। एकै दिनमा चुनाव हुन्छ। दुई चरणमा हुनेवाला छैन। तोकिएकै मितिमा हुन्छ,’ प्रधानमन्त्री कार्कीले भन्नुभयो, ‘मौसम पनि राम्रो हुनेछ। सबैले मतदान गर्न पाउनेछौँ। निर्वाचनपछि निर्वाचित प्रतिनिधिसभालाई सरकार हस्तान्तरण गरेर हामी घर जान्छौँ।’

उहाँले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले खेलेको भूमिकाको प्रशंसा गर्दै धन्यवाद पनि व्यक्त गर्नुभयो।

सम्बन्धित समाचार

सबै