दिनभरका प्रमुख १० समाचार

0 Shares

रवि लामिछानेले भने – रास्वपा प्रधानमन्त्रीको साथमा छ, चुनाव गराउनुस् 
रास्वपाका सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीलाई अनुहार उज्यालो बनाएर निर्धक्कसँग काम–कारबाही अघि बढाउन आग्रह गरेका छन्।  आज चितवनवासीलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन्।

निर्वाचनको मिति सारियो भने देश दुर्घटनामा पर्छः प्रचण्ड 
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुनै पनि हालतमा फागुन २१ मै निर्वाचन हुनुपर्नेमा जोड दिएका छन्। शनिबार काठमाडौंमा भएको पार्टीको एकता सभामा बोल्दै उनले चुनाव सारे देश दुर्घटनामा पर्ने बताए।

ओली र लेखकलाई जाँचबुझ आयोगको दायरामा ल्याउन पिपुल फर्स्ट पार्टीको माग 
पिपुल फर्स्ट पार्टीले जेन–जी आन्दोलनमा दमन गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलगायत सबैलाई तत्काल जाँचबुझ आयोगको दायराभित्र ल्याई न्यायिक प्रक्रिया प्रारम्भ गर्न सरकारसँग माग गरेको छ। शनिबार सम्पन्न पार्टीको स्थापना अधिवेशनले भाद्र २३ र २४ गतेमा भएको जेन–जी आन्दोलन एक ऐतिहासिक जनविद्रोह ठहर गर्दै यसका मर्म, भावना र सवाललाई पार्टीले आत्मसात गर्ने निर्णय गरेको हो।

सकियो आठौँ संस्करणको टुर द पोखरा
‘स्वास्थ्य वातावरण तथा पर्यटनका लागि साइकल’ भन्ने नारासहित पोखरामा शनिबार आठौँ संस्करणको टुर दि पोखरा–०८२ सम्पन्न भएको छ । पोखरा पर्यटन वर्ष २०२५ को सन्दर्भमा आयोजित कार्यक्रममा चार देखि ८६ वर्षसम्मका साइकलयात्री सहभागी थिए ।

एपिएफलाई हराउँदै इस्ट बंगाल बन्यो च्याम्पियन
भारतको इष्ट बंगाल एफसी पहिलो साफ क्लब महिला च्याम्पियनसिपको च्याम्पियन भएको छ । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भारतीय लिग च्याम्पियन बंगालले नेपालको लिग च्याम्पियन एपिएफ क्लबलाई ३–० ले हरायो । एपिएफले सुरुका तीनै गोल व्यक्तिगत खेलाडीको गल्तीका कारण बेहोरेको थियो ।

नेपाली युवतीको नाममा एक करोडको सम्पत्ति राखेका चिनियाँ नागरिक जेल चलान 
पर्यटक भिसामा नेपालमा बसेर अपराधिक गतिविधिमा संलग्न एक चिनियाँ नागरिक जेल चलान भएका छन्। सम्पत्ति शुद्धीकरणको मुद्दामा जिल्ला अदालत, काठमाडौंले ३८ वर्षीय चिनियाँ नागरिक जियाओ याङलाई पुर्पक्षका लागि थुनामा पठाएको छ।

धरान–धनकुटा सडकअन्तर्गत मूलघाटको तमोर नदीमा अन्डरपास निर्माण सुरु
कोशी लोकमार्गको धरान–धनकुटा सडकखण्डअन्तर्गत धनकुटा नगरपालिका–९ मुलघाटस्थित तमोर नदीमा अण्डरपास निर्माण सुरु भएको छ । कोशी प्रदेशको संखुवासभा जिल्लामा निर्माणाधीन अरुण तेस्रो जलविधुत आयोजनाको भारवहन समान निर्माणस्थलतर्फ लैजानको लागि अण्डरपास निर्माण गर्न सुरु गरिएको हो ।

सरुवा भएर आएका अधिकृतलाई हाजिर हुन नदिने गाउँपालिकाका अध्यक्षको अडान
पर्साको जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरीले भर्खरै सरुवा भएको प्रमुख प्रशासकीय अधिकृत अमित गिरिलाई हाजिर गर्न नदिने बताएका छन् । आफ्नो सहमति बेगर सरुवा भएर आएको भन्दै अध्यक्ष चौधरीले हाजिर गर्न नदिने बताएका हुन् ।

जसपा नेपालका रामअशिष यादवलाई मधेशको सभामुख बनाउने सत्तागठबन्धनको सहमति
जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामअशिष यादवलाई मधेस प्रदेश सभाको सभामुख बनाउने विषयमा सत्ता–रुढ सातदलीय गठबन्धनबीच सहमति भएको छ। शनिबार बिहान बसेको सत्ता–रुढ सातदलीय गठबन्धनको बैठकले यादवको नाममा सहमति गरेको हो।

क्रिसमसको अवसरमा मकवानपुरका दुई पालिकामा तीन दिन बिदा
मकवानपुरका कैलाश र राक्सिराङ गाउँपालिकाले इसाई धार्मावलम्बीहरूको मुख्य पर्व क्रिसमसको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेका छन्। गाउँपालिकाहरूले सूचना जारी गर्दै  २५, २६ र २७ पुसमा सार्वजनिक बिदा दिइएको जानकारी गराएका हुन् ।

सम्बन्धित समाचार

सबै