जेलबाट भागेका कैदीबन्दीलाई फर्किन प्रहरीको अपिल, १ हजार ४५५ पक्राउ

0 Shares

 भदौ २५।    जेन–जीको प्रदर्शनपश्चात उत्पन्न अराजक अवस्थाबीच देशका विभिन्न कारागार र सुधारगृहबाट भागेका/निस्किएका कैदीबन्दीलाई स्वेच्छाले फर्किन प्रहरी प्रधान कार्यालयले अपिल गरेको छ ।

बिहीबार दिउँसो विज्ञप्ति जारी गर्दै नेपाल प्रहरीले भागेका कैदीबन्दीलाई प्रहरी वा प्रशासनसँग तुरुन्त सम्पर्क गर्न आग्रह गरेको हो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार हालसम्म सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले विभिन्न जिल्लाबाट १ हजार ४५५ जना कैदीबन्दीलाई पुनः नियन्त्रणमा लिएको छ । घिमिरेका अनुसार केही कैदीबन्दी आफैं सम्पर्कमा आएका भए पनि अधिकांशलाई सुरक्षा निकायले पक्राउ गरेको छ ।

जेन–जी आन्दोलनपछि मंगलबार र बुधबार गरी देशभरका विभिन्न जेल तथा सुधारगृहमा रहेका करिब १३ हजारभन्दा बढी कैदीबन्दी फरार भएका थिए । प्रहरीको भनाइ अनुसार उनीहरूलाई फिर्ता ल्याउन खोजी कार्य तीव्र पारिएको छ ।

सम्बन्धित समाचार

सबै