गुडिरहेको माइक्रो बसमाथि रुख ढल्यो, ७ यात्रु घाइते

0 Shares

धादिङ, साउन २१ गते । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै बाङ्गेमा सडक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ । गजुरी नजिकै बाङ्गेमा सुख्खा पहिरो खसेको हो ।

पहिरोले १५ यात्रु सवार सो माइक्रोबसका सात जना घाइते भएका छन् ।

पहिरोमा परेको माइक्रोबसका यात्रुलाई उद्धार गरी उपचारका लागि गजुरी अस्पताल पठाइएको छ । सुख्खा पहिरो खसिरहेकोले राजमार्ग अवरुद्ध बनेपछि राजधानी काठमाडौँ जाने आउने सवारीसाधन रोकिएका छन् ।

सम्बन्धित समाचार

सबै