नेपाल साउथ अस्ट्रेलियासँग दुवै खेलमा पराजित

0 Shares

भदौ १२ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीले साउथ अस्ट्रेलियाविरुद्धको दोस्रो अभ्यास खेलमा पनि पराजय व्यहोरेको छ । बिहीबार भएको खेलमा नेपाल तीन रनले पराजित भयो । यसअघि बिहानै भएको पहिलो खेलमा पनि नेपाल तीन विकेटले हारको सामना गरेको थियो ।

टस हारेर पहिले ब्याटिङ गरेको साउथ अस्ट्रेलियाले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १६० रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपाल २० ओभरमा सबै विकेट गुमाउँदै १५७ रनमै समेटियो

नेपालका लागि प्रमुख रन योगदान

  • रुपेशकुमार सिंह – ३७ रन

  • लोकेश बम – ३२ रन

  • भीम सार्की – २९ रन

  • कुशल भुर्तेल – ११ रन

  • आरिफ शेख – १० रन

बलिङतर्फ साउथ अस्ट्रेलियाका क्याम्पबेल थम्पसनले ४ विकेट लिँदा, टम मेन्जिएस, टिम ओक्ली र नोह म्याकफडेनले समान २–२ विकेट लिए ।

साउथ अस्ट्रेलियाको प्रदर्शन

रायन किङ्गले सर्वाधिक ३४ रन बनाए भने ह्यारी मनेन्टी र ड्यानियल ड्रियुले समान २९ रनको योगदान दिए । कप्तान म्याकेन्जी हार्वेले ११, डाउट्जी होगनबोइजिमले १४, ज्याक विन्टरले १२ तथा थोमस ब्राउनले अविजित १२ रन बनाए ।

नेपालतर्फ बलिङमा रुपेश सिंह, करण केसी र शाहब आलमले समान २–२ विकेट लिए भने दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले १–१ विकेट हात पारे ।

यसअघि टप एन्ड टी–२० सिरिजमा समूह चरणमै बाहिरिएको नेपाल अभ्यास खेलमा साउथ अस्ट्रेलियासँग तयारी जारी राखिरहेको छ । नेपालले यसअघि स्थानीय एसिटी (क्यापिटल टेरिटोरी) विरुद्ध लगातार दुई अभ्यास जित निकालेको थियो ।

अब नेपालले भोलि (अगस्ट ३०) साउथ अस्ट्रेलियासँगै एकदिवसीय अभ्यास खेल खेल्नेछ ।
यो तयारी अक्टोबरमा हुने आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोट लक्षित गरी गरिएको हो ।

सम्बन्धित समाचार

सबै