0
Shares
असार २६ गते । मुगुको सोरु गाउँपालिकाका वरिष्ठ लेखा अधिकृत कुमार प्रसाद उपाध्याय र लेखा सहायक बिमला कुमारी ढकाललाई रकम भुक्तानी नगरेको भन्दै स्थानीय व्यापारीले बन्धक बनाएर ज्यान मार्ने धम्की दिएका छन् । पालिकाका एक कर्मचारीका अनुसार, ती व्यापारीले लाखौँ रुपैयाँको शीर्षकविहीन बिल भुक्तानी गरिदिन माग गरेका थिए। तर, लेखा अधिकृत र सहायकले शीर्षकविहीन भुक्तानी सम्भव नभएको बताएपछि स्थानीय व्यापारीले बन्धक बनाएर ज्यान मार्ने धम्की दिएको खुलेको छ ! यस विषयमा गाप अध्यक्ष र उपाध्यक्ष सम्पर्क गर्दा हुन सकेको छैन भने बन्दक बनाईएका कर्मचारीको मोबाइ अप रहेको छ ।