काठमाडौं जेठ २० गते : आइसीसी क्रिकेट विश्वकप लिग २ को चौथो शृंखलाअन्तर्गतको पहिलो खेलमा नेपालले स्कटल्यान्डमाथि रोमाञ्चक १ विकेटको जित निकालेको छ। स्कटल्यान्डले दिएको २९७ रनको बलियो विजयी लक्ष्य पछ्याएको नेपालले ४९.५ ओभरमा २९७ रन बनाउँदै लक्ष्य पूरा गरेको हो। जसमा व्याटिङ तर्फ करनले ६५ भुर्तेल ५३ गुल्सन ४२ कप्तान रोहित ३७ त्यस्तै आसिफ २० रनको पारि खेल भने वलिङ तर्फ करनले २ विकेट, सोम्पाल २ रिजन २ र सन्दिपले १ विकेट लिनु भएको थियो ।