विकास सम्बन्धित गाउँ-समाजको प्राथमिकताका आधार हुनु पर्नेमा त्यसो नभई पार्टी, पार्टी भित्रका गुट, नेताकाे सेटिङ, कार्यकर्ताहरुको मोलमोलाईका आधारमा हुदै आएको जगजाहेर नै छ ।
त्यहि भएर चाहिएको छ बाटो, योजना गएको छ पुल ! यसैलाई भन्छन विकास गर्ने होइन कि खाने ? विकास खानेहरु को-को हुन त भनेर प्रश्न उठिनै हाल्छ । त्यसको सरल उत्तर भनेको राजनीति दलका मुठ्ठीभरका नेता कार्यकर्ता, जनप्रतिनिधि र कर्मचारीतन्त्र ! यिनीहरु नै हुन विचौलिया, कमिसनखोर र भ्रष्टाचारी ?
विचरो नेपाल सरकार सुशासनको कुरा गर्छ, काले आउदा पनि त्यहि भन्छ, गोरे आउदा पनि त्यहि भन्छ, साले आउदा पनि त्यहि भन्छ । किनभने उसलाई राम्ररी थाहा छ विकास खाने मै हुँ, मेरो कार्यकर्ता हुन, मेरै नेता हुन, मेरै सांसद हुन, मैले नियुक्त गरेका कर्मचारी हुन !
त्यहि भएर लाउडा, चेजएयर, ह्वाइट वडी, टेरामक्स, बालुवाटार, ओम्नी, यति, एनसेल, फोरजी, टिकापुर, गिरीबन्धु, बासवारी छाला जुत्ता, बाल मन्दिर, टिकापुरले समेत नपुगेर नेपालीलाई भुटानी बनाएर बेचेर खाएका हुन ।
अत : सम्बन्धि गाउँले र समाजको आवश्यकताका आधारमा माग गरिएको योजनाको आधिकारिक कागजात बोकेका स्थानीय, प्रदेश र संघीय जनप्रतिनिधि बाहेकका मानिसहरु विकासका नाममा फाइल बोकेर जाने कुरा नै भ्रष्टाचार भएकोले विगतदेखि अहिलेसम्मका सबै त्यस्ता मानिसहरुलाई छानविनको दायरामा ल्याई अब उप्रान्त यस प्रकारको विचौलिया र कमिसनखोर जस्तो अपराधजन्य कार्यलाई नियन्त्रण गर्न संघीय तथा प्रदेश सरकारले कठोर निर्णय गर्न सक्नु पर्दछ ।