0
Shares
काठमाडौँ — एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डअन्तर्गत विभिन्न विधाका खेलाडीलाई सम्मान र पुरस्कार दिइएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार काठमाडौंमा एक समारोह आयोजना गरी खेलाडीहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरेको हो । तेक्वान्दोकी पाराओलम्पिक पदक विजेता पलेशा गोवर्द्धन श्रेष्ठले उत्कृष्ट पारा एथलिट अवार्ड पाएकी छन् । नेपाली महिला कबड्डी टोली यो वर्षको उत्कृष्ट टोली घोषित भएको छ । त्यस्तै, भारोत्तोलनका हेमन्त पाल यो वर्षको उत्कृष्ट युवा खेलाडीकारुपमा पुरस्कृत भएका छन् ।




