0
Shares
काठमाडौँ, असार ९ गते। राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध भएका छन्। चितवनमा जारी पहिलो महाधिवेनमा सभापतिमा उनको मात्र उम्मेदवारी परेकाले निर्विरोध भएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।
सभापतिमा उम्मेदवारी दिने समय सकिएको छ । पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यमा निर्वाचन गर्न लागिएको छ। हाल केन्द्रीय सदस्यका लागि मनोनयन दर्ता भइरहेको छ।
