सरकारी जागिर लगाई दिने भन्दै ठगी गर्ने एक पक्राउ

0 Shares

 चैत १५ गते । सरकारी जागिर लगाइ दिने र अनुदान उपलब्ध गराइ दिने भन्दै करोडौं ठगी गर्ने एक व्यक्तिलाई कैलाली प्रहरीले पक्राउ गरेको छ ।

डोटीको आदर्श गाउँपालिका–२ घर भइ हाल कैलालीको गोदावरी नगरपालिका–६ लालपुरमा बस्दै आएका ३३ वर्षीय तुलाराम कोलीलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले उहाँलाई लालपुरबाटै पक्राउ गरेको सो कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिनुभयो ।

उहाँका अनुसार कोलीविरुद्ध कुल एक करोड २० लाख रुपियाँ बराबरको बिगोसहित १० वटा उजुरी परेको छ । पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी ठगी मुद्दामा थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित समाचार

सबै