नेपालगन्जमा जलेको अवस्थामा भेटिएकी युवतीको मृत्यु, तीन जना पक्राउ खजुरा, चैत १५ गते।

0 Shares

खजुरा, चैत १५ गते।  बाँकेको नेपालगन्ज मा आगोले जलेको अवस्थामा भेटिएकी एक युवतीको उपचारका क्रममा मृत्यु भएको घटनामा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक पातली का अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नं. १२ को कोरियनपुर क्षेत्रमा गएराति ती युवती जलेको अवस्थामा फेला परेकी थिइन्।

प्रहरीका अनुसार २२ वर्षीया सिर्जना बुढा मगर लाई राति करिब १२ बजे भेरी प्राविधिक शिक्षालय नजिकै घाइते अवस्थामा भेटिएको थियो। उनलाई तत्काल उपचारका लागि भेरी अस्पताल लगिए पनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतकका परिवारले तीन जनाविरुद्ध किटानी जाहेरी दिएपछि उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानमा युवतीको पहिले नै विवाह भएको र एक छोरीसमेत रहेको खुल्न आएको छ। साथै पक्राउ परेकामध्ये एक जनासँग युवतीको सम्बन्ध रहेको आशंका गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनामा अन्य व्यक्तिको संलग्नता भए–नभएकोबारे पनि थप अनुसन्धान जारी राखेको छ। घटना के कारणले र कसरी घट्यो भन्ने विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

मृतक युवतीको शव हाल भेरी अस्पताल मै राखिएको छ।

सम्बन्धित समाचार

सबै