चुनाव विरोधी गतिविधिमा संलग्न आरोपमा दुर्गा प्रसाई पुनः पक्राउ

0 Shares

काठमाडौं ४ फागुन ।  मेडिकल व्यवसायी  दुर्गा प्रसाई  लाई चुनाव विरोधी गतिविधिमा संलग्न भएको आरोपमा काठमाडौं प्रहरीले सोमबार पुनः पक्राउ गरेको छ।

काठमाडौं प्रहरी परिसरका अनुसार उनी योजनाबद्ध रूपमा निर्वाचन प्रक्रिया बिथोल्ने गतिविधिमा सक्रिय भएको सूचनाका आधारमा पक्राउ परेका हुन्। यसअघि गत साता पक्राउ परेका प्रसाई हाजिरी जमानीमा छुटेका थिए।

प्रसाईविरुद्ध साइबर अपराध, आपराधिक लाभलगायत विभिन्न मुद्दा अदालतमा विचाराधीन अवस्थामा रहेका छन्। निर्वाचन आचारसंहिताविपरीत हुने गरी अफवाह फैलाएको कसुरमा पुनः पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका एसएसपी **रमेश थापा**ले जानकारी दिएका छन्।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी छ भने आवश्यक कानुनी प्रक्रिया अघि बढाइने बताइएको छ।

सम्बन्धित समाचार

सबै