कालीकोटका पत्रकार वीरेन्द्र आचार्यको सडक दुर्घटनामा मृत्यु

0 Shares

सुर्खेत, १२ मङ्सिर  । प्रेस सेन्टर नेपाल कालीकोटका अध्यक्ष तथा रेडियो तिला आवाजका स्टेसन म्यानेजर पत्रकार वीरेन्द्र आचार्यको सडक दुर्घटनामा मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका–२ को कार्यालय अगाडि آنان सवार स्कुटीसँग मोटरसाइकल ठोक्किँदा उनी गम्भीर घाइते भएका थिए।

मुलपानीबाट भुरेली तर्फ जाँदै गर्दा २३ वर्षीय यामबहादुर शाहीले चलाएको कर्णाली प्रदेश ०२००३ प १७४४ नम्बरको मोटरसाइकल र ३४ वर्षीय आचार्यले चलाएको लुम्बिनी ३६ प ३८८६ नम्बरको स्कुटी एक–अर्कामा ठोक्किएका हुन्। दुर्घटनापछि गम्भीर घाइते भएका आचार्यलाई उपचारका लागि प्रदेश अस्पताल सुर्खेतमा भर्ना गरिएको थियो। उपचारको क्रममा उनको मृत्यु भएको सुर्खेत प्रहरीले पुष्टि गरेको छ।

दुर्घटनामा मोटरसाइकल चालक शाही पनि घाइते भएका छन्। उनको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

सम्बन्धित समाचार

सबै