सगरमाथा नजिक हेलिकोप्टर दुर्घटना, पाइलट सकुशल

0 Shares

काठमाडौँ, कात्तिक १२ गते । सोलुखुम्बुको लोबुचे क्षेत्रमा अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटनामा परेको छ । सगरमाथा आधार शिविर नजिकै आज बिहान भएको उक्त दुर्घटनाबारे जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी मनोजित कुँवरले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार हेलिकप्टरमा पाइलट विवेक खड्का मात्रै सवार थिए । उहाँ सकुशल रहनु भएको प्रहरीले पुष्टि गरेको छ ।

पर्यटक उद्धारका लागि गएको हेलिकोप्टर अवतरणको क्रममा हिउँमा चिप्लिएर दुर्घटनामा परेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

घटनास्थलमा प्रहरी र स्थानीयको सहयोगमा उद्धार तथा प्रारम्भिक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार

सबै