0
Shares
वीरेन्द्रनगर, भदौ २९ । सुर्खेतको लेकबेँसी नगरपालिका–१० मा बसोबास गर्दै आएका राउटे समुदायका २३ वर्षीय गोविन्द शाहीको सोमबार मृत्यु भएको छ । राउटे परियोजनामा कार्यरत जोडी शिक्षक लालबहादुर खत्रीका अनुसार अत्यधिक मदिरा सेवनका कारण उनको ज्यान गएको हो ।
खत्रीले बताए अनुसार अघिल्लो महिना भत्ता बुझेदेखि नै राउटे समुदायका सदस्यहरू निरन्तर मदिरा सेवन गरिरहेका थिए । गोविन्द पनि लगातार मदिरा सेवन गर्ने क्रममा गम्भीर स्वास्थ्य समस्या भई ज्यान गएको उनले स्पष्ट पारे ।
मृतक गोविन्द सोवंशी राउटेका मुखिया दिलबहादुरका छोरा हुन् । उनको निधनसँगै राउटे समुदायको जनसंख्या घटेर १३६ पुगेको छ ।
राउटे समुदाय नेपालका अल्पसंख्यक आदिवासी जनजातिमध्ये एक हो, जसले अझै पनि फिरन्ते जीवनशैलीलाई निरन्तरता दिँदै आएको छ ।