कपिलबस्तुको तौलिहवामा सडकबीचमा विस्फोट

0 Shares

तौलिहवा (कपिलबस्तु), भदौ १२ गते । कपिलबस्तु नगरपालिका–१० तौलिहवा–जितपुर सडकखण्डको पचेहरामा विस्फोट भएको छ । पचेहरा हाटबजारको बीच सडकमा विस्फोट हुँदा सडकमा खाल्डो परेको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार विस्फोटको खबर पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको छ ।

उहाँले भन्नुभयो, “पड्केको आवाज आएको छ, सडकमा खाल्डो देखिएको छ तर बम नै हो वा अन्य केही कारणले विस्फोट भएको हो भन्ने कुरा पुष्टि भइसकेको छैन ।”

प्रहरीका अनुसार घटनास्थल सुरक्षाकर्मीले घेराबन्दी गरेको छ भने आवश्यक अनुसन्धान सुरु गरिएको छ ।
घटनाबारे थप विवरण आउन बाँकी छ ।

सम्बन्धित समाचार

सबै