सल्यानमा जिप दुर्घटना, १९ जना घाइते, दुईजनाको अवस्था गम्भीर

0 Shares
भदौ १२ गते, सल्यान । सल्यानको शारदा नगरपालिका–१२ रेशमज्युला नजिक जिप दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । तिमिलेबाट श्रीनगरतर्फ आउँदै गरेको लु.१ ज.२३६८ नम्बरको जिप अनियन्त्रित भई सडकदेखि करिब ५ मिटर तल खसेको इलाका प्रहरी कार्यालय शीतलपाटीले जनाएको छ । दुर्घटनामा घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई थप उपचारका लागि नेपालगन्ज रेफर गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार जिपमा २० जना सवारमध्ये १९ जना घाइते भएका छन् । घाइते सबैलाई तत्काल शारदा नगरपालिका–१ श्रीनगरस्थित कर्णाली अस्पतालमा उपचारका लागि लगिएको छ ।

घाइतेको विवरण

  • शारदा–१३ का १८ वर्षीय सुमन बस्नेत (टाउको र दायाँ खुट्टा चोट)

  • शारदा–१२ की २१ वर्षीया सीता रावत (टाउको, हातमा चोट) र उनकी ७ वर्षीया छोरी डोल्मा रावत (टाउकोमा चोट)

  • शारदा–१५ की २४ वर्षीया साबित्रा भण्डारी (टाउको, ढाडमा चोट)

  • त्रिवेणी–२ की २४ वर्षीया निर्मला गिरी (टाउको, खुट्टा चोट)

  • शारदा–१५ की ८ वर्षीया शिरीसा भण्डारी (टाउको, खुट्टामा चोट)

  • २३ वर्षीया दीपा रावत (टाउकोमा चोट)

  • शारदा–१२ की २१ वर्षीया जानकी गिरी (छाती र खुट्टामा चोट)

  • शारदा–१३ का २७ वर्षीय गिराराज गुरु (कन्चट, हातमा चोट), उनकी ९ वर्षीया छोरी रियाराज र ५ वर्षीय छोरा रितुराज गुरु (सामान्य अवस्था)

  • शारदा–१ की २५ वर्षीया शोभा बुढाथोकी (टाउकोमा चोट), उनकी ९ वर्षीया छोरी डिला (खुट्टामा चोट) र ६ वर्षीया छोरी सुमित्रा (टाउकोमा चोट)

  • शारदा–१ की २१ वर्षीया सम्झना थापा (टाउको, खुट्टा चोट) र उनकी १८ महिनाकी छोरी समारिका (सामान्य अवस्था)

  • शारदा–१३ का १६ वर्षीय जीवन नेपाली (टाउकोमा चोट)

गम्भीर घाइते

  • शारदा–१२ की ३४ वर्षीया पार्वती बुढा (शरीर भित्री भागमा चोट)

  • शारदा–१३ की ३५ वर्षीया झुपी नेपाली (ढाडमा चोट)

दुवैजनालाई गम्भीर चोटपटक लागेकाले नेपालगन्ज रेफर गरिएको प्रहरीले जनाएको छ ।

यसैबीच, दुर्घटनाग्रस्त जिप चालक शारदा–६ मदनकाडाका २३ वर्षीय सुरेश बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनास्थलमा प्रहरी नायब निरीक्षक नरेशसिंह ठकुरीको कमान्डमा प्रहरी टोली खटिएको थियो ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

सबै