0
Shares
चितवन, साउन २८ । चितवनको खैरहनी नगरपालिका-स्थित नापी कार्यालयका प्रमुख शालिकराम लम्साललाई नेकपा (बहुमत) खैरहनी नगर कमिटीका कार्यकर्ताले कार्यकक्षमै कालो मोसो लगाएर कारबाही गरेका छन्।
पार्टी कार्यकर्ताले लम्सालमाथि सेवाग्राहीसँग घुस असुल्ने, भूमाफियाहरुलाई सहयोग गर्ने तथा कार्यालयको काममा अनावश्यक ढिलाइ गर्नेजस्ता गम्भीर आरोप लगाएका छन्। घटनापछि कार्यालय परिसरमा केही समय तनावपूर्ण अवस्था सिर्जना भएको थियो।
नेकपा (बहुमत) का स्थानीय नेताहरूले यसलाई ‘भ्रष्टाचारविरुद्धको प्रत्यक्ष जनकारबाही’ भन्दै बचाउ गरेका छन् भने प्रहरी पक्षले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ।