“कालिकोटमा फोर्स गाडी दुर्घटना, सात घाइते”

0 Shares

कालिकोट, २३ साउन  । जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको मध्यपश्चिम यातायातको बा.१ झ ०९७६ नम्बरको फोर्स गाडी शुक्रबार बिहान कालिकोटको खाँडाचक्र–१०, गोलुवा नजिक दुर्घटनाग्रस्त हुँदा सात जना घाइते भएका छन्।

कर्णाली राजमार्गअन्तर्गत गाडी अनियन्त्रित भई करिब १०० मिटर तल खसेको जिल्ला प्रशासन कार्यालय कालिकोटका सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माले जानकारी दिए।

दुर्घटनामा पाँच जना गम्भीर र दुई जना सामान्य घाइते भएका छन्। पाँच जनाको उपचार जिल्ला अस्पताल कालिकोट, मान्मामा भइरहेको छ। चालक र सह–चालक सामान्य घाइते भए पनि दुवै फरार रहेका छन्।

सम्बन्धित समाचार

सबै