गुरुदेव कामत : संगीतलाई उचाइ दिए, राज्यले चिनेन

0 Shares

काठमाडौं । ४० वर्षमा झण्डै २५ हजार विद्यार्थीलाई संगीतको कखरा सिकाए उनले । उनैले प्रशिक्षित गरेका थुप्रै गायक-गायिकाले आज नेपाली संगीत क्षेत्रलाई हाँकिरहेका छन् । तर जीवनलाई नै संगीतमा समर्पित गरेका उनले दुवै मिर्गौला फेल भएपछि उपचार खर्च अभावमै संसारबाट बिदा लिनुपर्‍यो ।

नेपाली संगीत त्यसमा पनि शास्त्रीय संगीतको अग्लो नाम गुरुदेव कामतको साउन १७ गते ६९ वर्षको उमेरमा निधन भयो ।

कुन पापीले लुटिदियो, मधु वन पनि नयाँ नयाँ, मधुमास पनि नयाँ नयाँ लगायत ४०० भन्दा बढी कालजयी गीत, गजल र भजन उनले नेपाली संगीतप्रेमीलाई दिएर गए ।

काठमाडौंमा उपचारका लागि आर्थिक संकटको सामना गर्नुपरेपछि उनी गत असार २९ गते मात्रै सपरिवार जन्मथलो सिरहाको लक्ष्मीपुरपतारी पोखरभिण्डास्थित गाउँमा फर्किएका थिए । केही दिनदेखि स्वास्थ्य अवस्था बिग्रिंदै गएपछि गुरुदेवले खानपिन बिस्तारै कम गरेका थिए ।

सम्बन्धित समाचार

सबै