मणि कुमार पोखरेल – पूर्व प्रशासक
=====
नभइ-हुन्न धन-सम्पति होइन सबै थोक
हे युवा! उपयोगी साधन हो भन्ने राखौं सोच।
लोभको जालो बलियो हुन्छ पलाइ-रहने
मोह-पासा र मोहनी-धुन बोलाइ-रहने। १।
हुँदैन सीमा धन-लोभको न नाप्ने यन्त्र छ
बाँध्न सकिन्न यो जानौं लागे न रोक्ने मन्त्र छ।
जाने-आउने यसको गति रहस्य-मय छ
धनको पछि कुदेरै बन्छ नसोचौं भविष्य।२।
धन-सम्पत्तिको पछि कुद्दा कत्तिको रगत
पसिना बग्छ ? पिउनुपर्छ ? सोचेर हेरौं त!
घरबार र सम्बन्ध पनि बिग्रेको कति त!
कुद्दा पछाडि धन-सम्पत्तिको युवा! भेटिन्छ।३।
बन्दैछन् गाउँ-बस्ती उजाड नहेरे हामीले
कसले फेर्ला तिनको युवा! मुहार क्रमैले।
बूढा गोरुले भएन दाइँ न खेत जोतियो
भनेर खेतै नबेचौं युवा! विकल्प खोज्ने हो।४।
जन्मेको थलो खेलेको खलो नठान्नू रुँदैन
लाग्दछ प्यारो, लाग्नु पर्दछ, बिर्सनु हुँदैन।
जन्मथलो नै बिर्सियो भने आफूलाई बिर्सिन्छ
यसो भएमा हे युवा! हाम्रै अस्तित्त्व लत्रिन्छ।५।