प्रेमिल गीत ‘ए तन’ सार्वजनिक

0 Shares

बैशाख, ८ गते  । गायिका गीता पाण्डे र मनीष चौधरीको स्वर रहेको प्रेमिल गीत ‘ए तन७३घढस सार्वजनिक गरिएको छ । मनोज
चौलागाईको शब्द तथा संगीत रहेको रोमान्टिक गीतमा चौलागाईकै संगीत संयोजन छ ।
लामो समय संगीत साधना गरेकी गायिका पाण्डे भाइरल गीत गाउन नचाहेका कारण उति साह्रो चर्चामा आउन भने
सकेकी छैनन् । २०७४ सालमा एल्बम ‘यात्रा७३घढस मार्फत सांगीतिक बजारमा आएकी गीताका भने तीन दर्जन बढी गीत
सार्वजनिक भएका छन् ।
रचनाकार चौलागाईका यस अघि दश वटा गीत प्रकाशित छन् । उनका केही फुटकर आधुनिक तथा फिल्मी गीतहरू
चर्चामा रहे । प्रेम प्रतिका सम्झनामा लेखिएको गीतको भिडियोमा मोडल रोजेन सुन्दास साथै मिशेल घिमिरे फिचर्ड
छन् । एक प्रेमील जोडीको रोमाञ्चक प्रेम कथा भिडियोमा समेटिएको छ ।
गीतको म्यूजिक भिडियो निर्देशन नितिन चन्दले गरेका छन् । उमेश शाहले छायाँङ्कन गरेको भिडियोको दृष्य
सम्पादन बिकास धमलाले गरेका हुन् ।

सम्बन्धित समाचार

सबै