काठमाडौँ, असार ९ गते। राष्ट्रिय स्वतन्त्र पार्टीको जारी महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन पेस भएको छ। सभापति रवि लामिछानेले बन्दसत्रमा पार्टीको राजनीतिक प्रतिवेदन पेस गरेका हुन्।

प्रतिवेदनमा २००७, २०४६ र २०६२/०६३ सालको आन्दोलनसहित इतिहासका सबै बलिदानहरूको सम्मान गर्दै जेन–जी विद्रोहको चेतना र ऊर्जा रास्वपाको आगामी यात्राको मार्गदर्शक बन्ने उल्लेख छ।
दस्ताबेज नहेरी रास्वपासँग विचार छैन भनी आलोचना गर्ने गरिएको उल्लेख गर्दै लामिछानेले रास्वपा परम्परागत ‘वामपन्थी’ वा ‘दक्षिणपन्थी’ ध्रुवीकरणमा सीमित नरहेको दाबी गरेका छन्।
‘हामी राज्य, समाज र अर्थतन्त्रलाई कुनै एकल वैचारिक ढाँचाबाट होइन, मिश्रित, सन्तुलित र परिस्थितिअनुकूल दृष्टिकोणबाट अघि बढाउनुपर्छ भन्ने मान्यता राख्छौँ। हामी आँखा जँचाएर चस्मा बनाउनुपर्छ भन्छौँ, चस्माअनुसारको आँखा होइन,’ प्रतिवेदनमा भनिएको छ।

हेर्नुस् प्रतिवेदन :