प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध १६ उजुरी, समितिले मंगलबार खोल्ने

0 Shares

काठमाडौं, जेठ ४ गते । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा विरुद्ध १६ वटा उजुरी परेको छ । संसदीय सुनुवाइ समितिले १० दिनको समय दिएर उजुरी आह्वान गरेपछि सोमबार कार्यालय समयभित्र उक्त उजुरी दर्ता भएको समितिकी उपसचिव साबित्रा शर्मा ले जानकारी दिनुभयो ।

समितिका अनुसार प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध परेका उजुरीहरू मंगलबार बिहान ९ः४५ बजे बस्ने बैठकमा खोलिनेछ । त्यसपछि अध्ययनका लागि समितिका सदस्यहरूलाई वितरण गरिने जनाइएको छ ।

संसदीय सुनुवाइ समितिले शर्माको कार्यकुशलता, कार्यसम्पादन, आचरण तथा न्यायिक भूमिकासँग सम्बन्धित विषयमा उजुरी तथा सुझाव माग गरेको थियो । समितिले जेठ ४ गतेसम्म उजुरी दर्ताको समय निर्धारण गरेको थियो ।

यसअघि संवैधानिक परिषद् ले गत वैशाख २४ गते सर्वोच्च अदालतका न्यायाधीश शर्मा लाई प्रधानन्यायाधीश पदका लागि सिफारिस गरेको थियो । अहिले संसदीय सुनुवाइ प्रक्रिया अन्तर्गत उहाँको योग्यता, कार्यशैली र आचरणबारे अध्ययन भइरहेको छ ।

सम्बन्धित समाचार

सबै