नेपाली कांग्रेसका नेता एवम् पूर्व ऊर्जामन्त्री दीपक खड्का

0 Shares

काठमाडौं, चैत १५ गते। नेपाली कांग्रेसका नेता तथा पूर्वऊर्जामन्त्री दीपक खड्का लाई प्रहरीले पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) का अनुसार खड्कालाई आइतबार बिहान काठमाडौंको महाराजगञ्जस्थित अपार्टमेन्टबाट नियन्त्रणमा लिइएको हो।

सीआइबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धान गर्न खड्कालाई पक्राउ गरिएको जानकारी दिनुभयो।

प्रहरीले आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाउँदै अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिने जनाएको छ।

यस घटनासँगै पछिल्लो समय उच्च तहका राजनीतिक व्यक्तित्वहरूविरुद्ध कानुनी कारबाही तीव्र बन्दै गएको देखिएको छ।

सम्बन्धित समाचार

सबै