सरकारलाइ महेश बस्नेतको चेतावनी ‘प्रतिशोध महँगो पर्छ’

0 Shares

काठमाडौं चैत्र १४ गते । महेश बस्नेत ले प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङ विरुद्ध कडा चेतावनी दिएका छन्। उनले पूर्वाग्रह र प्रतिशोधको राजनीति महँगो पर्ने भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली लाई अविलम्ब रिहा गर्न माग गर्दै बस्नेतले दुईतिहाइको सरकारले शपथ लिएको दिनदेखि नै सरकारको दिनगन्ती सुरु भइसकेको दाबी गरेका छन्।

उनले देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयास भइरहेको आरोप लगाउँदै प्रश्न गरेका छन्, “के देशलाई गृहयुद्धतर्फ लैजान खोजिएको हो? देशलाई पाकिस्तान, बंगलादेश वा युक्रेनजस्तो अवस्थातर्फ धकेलिँदैछ?” उनले अघिल्लो घटनामा सरकारी सम्पत्तिमा भएको तोडफोड र आगजनीमा संलग्न भनिएका समूहहरूमाथि सरकारले कारबाही गरेको दाबी गर्दै अहिलेको शान्तिपूर्ण आन्दोलनमा दमन गरिएको आरोप समेत लगाए।

बस्नेतले आन्दोलनका क्रममा प्रहरीसँग भएको झडपमा घाइते भएका कार्यकर्ताको उपचार गर्न र पक्राउ परेकाहरूलाई तुरुन्त रिहा गर्न सरकारसँग माग गरेका छन्। साथै, तोडफोड भएका गाडीहरूको क्षतिपूर्तिका विषयमा पनि गम्भीर छलफल गर्नुपर्ने बताएका छन्।

उनले वर्तमान अवस्थालाई निरन्तरता दिए भोलि देशभरका जिल्ला सदरमुकामहरूमा हुने आन्दोलन अझ सशक्त र प्रतिरोधात्मक बन्ने चेतावनी दिएका छन्। साथै, माइतीघर मण्डला मा जनसंगठनहरूको आन्दोलन भोलि पनि जारी रहने जानकारी दिएका छन्।

एमालेले सरकारको ‘दमनकारी कदम’ विरुद्ध आन्दोलनलाई थप तीव्र बनाउने संकेत दिएको छ।

सम्बन्धित समाचार

सबै